Techie IT
मंगलबार, असार २३,२०८३

शिक्षकको कुटपिटबाट विद्यार्थीको मृत्यु


काठमाडौं । भारतको राजस्थानमा शिक्षकले कुटपिट गर्दा दलित समुदायका एक बालकको मृत्यु भएको छ ।
शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै कुट्दा विद्यालयका नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो ।

कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेको बालकको करिब ३०० किलोमिटर टाढा अहमदाबादमा उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ । मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #शिक्षकको कुटपिटबाट विद्यार्थीको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्