निहारिकाको मुद्दामा राष्ट्रपति भण्डारीको चासो
काठमाडौं । न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाउनुभएको छ । उहाँले शनिबार कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर यस विषयमा ध्यानाकर्षण गराउनुभएको हो ।
राष्ट्रपतिसँगको भेटमा मन्त्री कोइरालाले निहारिकाको मुद्दामा फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराईलाई सर्वोच्च अदालत तानेर न्याय परिषद्ले छानबिन गरिरहेको जानकारी दिनुभएको थियो ।
शुक्रबार निहारिकाले राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गर्नुभएको थियो । तर, प्रहरीले हस्तक्षेप गरी उहाँको ज्यान जोगाएको थियो । ९ दिनदेखि आमरण अनशनमा रहेकी उहाँले आफूमाथि ‘बलात्कार गर्ने’ व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्ने लगायतका माग राख्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #निहारिकाको मुद्दामा राष्ट्रपति भण्डारीको चासो, #राष्ट्रपति, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्