शेखर कोइराला समुहको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समुहको बैठक आज बस्दै छ । आफूपक्षिय नेताहरुलाई बोलाएर देउवाले गरेको एकपक्षिय निर्णयको बिरोध गर्ने बताईएको छ । पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल, नेविसंघ, महिला संघमा एकलौटी नियुक्त गरेको भन्दै असन्तुष्ट कोइराला पक्षले छुट्टै बैठक बोलाएको हो ।
दिउँसो बस्ने बैठकमा संघर्षलाई कसरी अघि बढाउने भनेर छलफल गर्ने शेखर कोइराला निकट एक नेताले बताए ।
पार्टी सभापति देउवाले ९ चैतमा तरुण दल अध्यक्षमा विद्वान गुरुङ र नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए भने केही दिन अघि महिला संघमा पनि उनी निकट उषा रावतलाई नियुक्त गरेको कोइरालाको आरोप छ । एकलौटी निर्णय भएको भन्दै शेखर कोइराला पक्षले पार्टी कार्यालय सानेपामा पार्टी सभापति देउवाविरुद्ध प्रदर्शन समेत गरेको थियो । आफना माग पुरा नभए समानान्तर गतिविधि गर्ने विषयमा छलफल हुने बताईएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #शेखर कोइराला समुहको बैठक आज बस्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्