७८१ मा कोरोना सङ्क्रमण, दुई जनाको मृत्यु
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।
सो अवधिमा चार हजार सात सय १२ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार दुई सय ९० जनाले पिसीआर र दुई हजार चार सय २२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २३ हजार आठ सय एक जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । सो अवधिमा पाँच सय ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७४ हजार आठ सय छ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ७५ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ८४ पुगेको छ । होम आइसोलेशनमा पाँच हजार पाँच सय ६५, संस्थागत आइसोलेसनमा दुई सय १०, आइसियु ६३ र भेन्टिलेटरमा आठ सङ्क्रमित रहेका छन् ।
राससv
क्याटेगोरी : समाचार
ट्याग : #७८१ मा कोरोना सङ्क्रमण, #breaking, #दुई जनाको मृत्यु, #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्