अवैध लागूऔषधसहित ८ जना पक्राउ
काठमाडौं। मोरङ, बर्दिया, सिरहा र सुनसरीबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्साने चोकस्थित सेसेहाङ होटलका संचालक ४१ वर्षीय संजय लिम्बुलाई गाँजासहित प्रहरीले बिहीबार पक्राउ गरेको छ । उनको साथबाट करिब १ केजी ७ सय २० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त टोलीले उनलाई गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङकै पथरीशनिश्चरे नगरपालिका–३ मगरटोलबाट करिब ५ सय ७५ ग्राम गाँजासहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–२ बस्ने १९ वर्षीय सुनिल परियार र सोही नगरपालिका–३ बस्ने ३८ वर्षीय कोपिला मगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले सुनिलको साथबाट ५० ग्राम तथा कोपिलाको साथबाट ५ सय २५ ग्राम गाँजा, नगद १२ हजार रूपैयाँ र एक थान डिजिटल तराजु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट करिब १ ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित बाँके खजुरा गाउँपालिका–२ बस्ने ३४ वर्षीय नबिन थापा मगर लगायत २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहाको सुखीपुर नगरपालिका–८ महदेवाटोलबाट करिब ६ सय ग्राम गाँजा र नगद २९ हजार ३०५ रुपैयाँसहित सोही ठाउँ बस्ने ६८ वर्षीय ढोढाई चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहाकै लहान नगरपालिका–२३ बाट करिब ५ सय ग्राम गाँजासहित सोही ठाउँ बस्ने ४० वर्षीय साधु महतो लगायत दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #अवैध लागूऔषधसहित ८ जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्