Techie IT
मंगलबार, असार २३,२०८३

बन्चरो हानी पत्नीको हत्या गर्ने पक्राउ


काठमाडौं । पति पत्नीबीचको झगडाले उग्र रुप लिंदा ज्यान लिएर पति फरार भए । घटना अछामको हो जहाँ श्रीमानले आवेगमा आएर बन्चरो प्रहार गरि श्रीमतीको हत्या गरे ।

११ साउनको राती पञ्चदेवल बिनायक नगरपालिक–७ पुल्लेतोलाकी ४५ वर्षीया मन्ना कामीको हत्या गरि फरार भएका श्रीमान पदम कामी पक्राउ परेका हुन्।

बुधबार उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाको वडा एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। कामीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #बन्चरो हानी पत्नीको हत्या गर्ने पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्