Techie IT
बुधबार, मंसीर ३,२०८३

लुम्बिनी प्रदेश अस्पतालको ठेक्का प्रक्रिया रोक्न उच्च अदालत तुलसीपुरको आदेश


काठमाडौं । लुम्बिनी प्रदेश अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रिया रोक्न उच्च अदालत तुलसीपुरले आदेश दिएको छ ।

अदालतको बुटवल इजलासले अस्पतालको भवन बनाउने ठेक्का प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो ।

अस्पतालको भवन निर्माणमा मिलेमतो गरी अनियमितता भएको भन्दै दायर भएको रिटउपर अदालतले यस्तो आदेश दिएको हो ।

निर्माण व्यवसायी बलिभद्र रानाले ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट हालेका थिए ।

अदालतले भदौ १ मा पेशी तोकेको छ भने छलफलका लागि दुवै पक्षलाई त्यसअघि नै बोलाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #उच्च अदालत तुलसीपुर, #लुम्बिनी प्रदेश अस्पतालको ठेक्का प्रक्रिया रोक्न उच्च अदालतको आदेश


तपाईको कमेन्ट लेख्नुहोस्