जम्मू कश्मीरमा सेनाको क्याम्प नजिकै चरमपन्थी आक्रमण, तीन सैनिकसहित ५ जनाको मृत्यु

जम्मु कश्मीरको राजौरी जिल्लाको दारहल क्षेत्रमा आज बिहान भारतीय सेनाको क्याम्पकै नजिक सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ । सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई चरमपन्थीको पनि मृत्यु भएको छ ।
अर्को तर्फ, जम्मुका अतिरिक्त प्रहरी महानिदेशक मुकेश सिंहले लिखित बयान जारी गर्दै आक्रमणमा दुई चरमपन्थीको मृत्यु भएको पुष्टि गरेका छन् । मुकेश सिंहले आफ्नो बयानमा दारहाल प्रहरी चौकीबाट करिब ६ किलोमिटर टाढा रहेको सेनाको क्याम्प रहेको बताएका छन् ।
घटनास्थलमा पठाइएको थप सुरक्षा बल र क्षेत्रमा खोजी कार्य जारी छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #जम्मु कश्मीर, #जम्मू कश्मीरमा सेनाको क्याम्प नजिकै चरमपन्थी आक्रमण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्