Techie IT
आईतबार, वैशाख २८,२०८२

एकै दिन २ हजार ७४१ जना सवारी चालक कारबाहीमा


काठमाडौँ । काठमाडौँ उपत्यकामा एकै दिन प्रहरीले २ हजार ७४१ जना सवारी चालकलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेहरुमा लेन अनुशासन पालना नगर्ने १४९, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ११३, रेड लाइटको पालना नगर्ने १२० र नम्बर प्लेट देखिने गरी नराख्ने ३३ जना सवारी चालक रहेका छन् ।

बाँकी २ हजार ३२६ जना सवारी चालकलाई भने अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #एकै दिन २ हजार ७४१ जना सवारी चालक कारबाहीमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:15 am6:44 pm +0545