कृषि पेसामा आश्रितको सङ्ख्या झारेर उत्पादन बढाउनुपर्छ: अध्यक्ष ओली
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि पेसामा आश्रित जनताको सङ्ख्या १० प्रतिशतमा झारेर उत्पादन चार गुणाले बढाउनुपर्ने बताउनुभएको छ ।
नेकपा एमालेको कृषि तथा पशुपंंक्षी विभागद्वारा आयोजित कृषि वैज्ञानिकहरू सँगको अन्तरक्रियामा अध्यक्ष ओलीले कृषिमा प्रविधिको प्रयोगमा जोड दिँदै उत्पादन लागत घटाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले कृषिबाट मूल्यवृद्धि कम तथा सेवा र अन्य उत्पादनशील क्षेत्रबाट मूल्यवृद्धि बढी हुने भएकोले त्यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संसदमा विपक्षी दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले देशलाई कृषिमा आत्मनिर्भर बनाउने गरी कृषिको उत्पादन वृद्धि र विस्तार गर्न लागत कम पर्ने र प्रतिफल अधिकतम दिने बालीको उत्पादनमा जोड दिनुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष ओलीले पर्याप्त र स्वस्थकर खानामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै माटोको संरक्षण गरी माटोलाई मर्न दिन नहुनेतर्फ ध्यान दिन सम्बद्ध सबैसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले कृषि, पशुपालन र फलफूलतर्फ उत्कृष्ट काम गर्ने ३ जना किसानहरूलाई सम्मान पनि गर्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #कृषि पेसामा आश्रितको सङ्ख्या झारेर उत्पादन बढाउनुपर्छ: अध्यक्ष ओली, #केपी शर्मा ओली, #नेकपा एमालेको कृषि तथा पशुपंंक्षी विभाग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्