भारतसँगको नेपाली सिमानामा काँडेतार लगाउनु पर्छ : भीम रावल
काठमाडौं । नेकपा एमालेका नेता भीमबहादुर रावलले भारतसँगको नेपाली सिमानामा काँडेतार लगाउनुपर्ने बताउनुभएको छ । चलचित्र ‘काँडेतार’ को बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै नेता रावलले भारतले बंगलादेशसँगको सिमानामा काँडेतार लगाएको जस्तै नेपालले पनि भारतसँग जोडिएको सिमानामा काँडेतार लगाउनुपर्ने बताउनुभएको हो ।
नेता रावलले भन्नुभयो – ‘सिमानामा काँडेतार लगाउने भनेपछि केबल फलामे तार जस्तो बुझिएपनि यो देशको सुरक्षाको अभिव्यक्ति हो । धेरै राष्ट्रहरूले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएका उदाहरण हामीमाझ छ।’
नेता रावलले नागरिकता विधेयकको पनि विरोध गर्दै भन्नुभयो यो विधेयकले नेपालीहरूलाई अल्पमतमा पार्ने षड्यन्त्र भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सबैखाले बाहृय हस्तक्षेपको विरुद्धमा नेपाल लड्नुपर्ने र यसका लागि सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #भारतसँगको नेपाली सिमानामा काँडेतार लगाउनु पर्छ : भीम रावल, #भीमबहादुर रावल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्