राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज संसद् सचिवालय, सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष तिमल्सिनाले गौरवका आयोजनाहरू मुलुक विकासको मुख्य आधार भएकाले त्यस्ता आयोजनाहरू जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
बैठकमा सांसदहरुले कालिगण्डकी करिडोर निर्माणमा ढिलाइ भएको भन्नुहुँदै समयमा निर्माण सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
सडक विभागका महानिर्देशक अर्जुन जङ्ग थापाले कलागिण्डकी करिडोर निर्माणमा भएका प्रगति प्रस्तुत गर्नुभयो ।
महानिर्देशक थापाले कर्मचारीको सरुवा, स्थानीयवासीको अवरोध, पहिरो, बजेटको स्रोत सुनिश्चिता नहुनु लगायतका कारण निर्माणमा ढिलाइ भएको जानकारी गराउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #गणेशप्रसाद तिमल्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्