राज्यलाई ट्र्यापमा पार्ने गिरोहहरूलाई छोड्दिनँ : मेटमणि चौधरी
काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले राज्यलाई ट्र्यापमा पार्ने गिरोहहरूलाई नछोड्ने बताएका छन् ।
मंगलबार साँझ एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै मन्त्री चौधरी यस्तो धारणा व्यक्त गरेका हुन् । ‘आफू मन्त्री भइसकेपछि तपाईँलाई मन्त्री मैले बनाएको हुँ । फेरि पनि मन्त्री बनाउँछुसम्म भन्न केही मान्छे आएका थिए । भनेपछि बुझ्नुस् देश कसरी चलाउन खोजिएको छ । कस्ता मान्छेहरु राज्य सत्ताको वरिपरि घुमिरहेका छन्,’ उनले सुनाए ।
यसअघि सहरको नक्सांकन गर्नेहरु र ठेकेदारहरुले नाफा कसरी कमाउने भन्ने मात्र सोचेकाले आज अधिकांश सहर बिग्रिएको बताएका मन्त्री चौधरीले विकासमा जनतालाई जोड्ने मोडेलले मात्र सफलता प्राप्त हुने बताए ।
‘यसअघि उपभोक्तामार्फत् अर्थात् जनतामार्फत् हुने १ करोड मुनिका योजनाहरु रोकिएको थियो । त्यसमा अदालतको समेत स्टेअर्डर आइसकेको छ । मैले तत्काल खोल्न निर्देशन पनि दिइसकेको छु,’ उनले भने, ‘ठेकेदारमार्फत् जम्मै काम गराउने कुरा उचित छैन । ठेक्का लिने, समय गुजार्ने, खर्च बढाउने, ठेक्का लिएर भाग्नेदेखि लिएर जम्मै बर्बाद पार्नेसम्म भइरहेको छ । ठेकेदारले त योजनालाई दुहुनो गाइ पो बनाइरहेका छन् ।’
आफ्नो कार्यकाल छोटो भए पनि फोहोर व्यवस्थापन र सवारी जामको स्थायी समाधान गर्ने बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #मेटमणि चौधरी, #राज्यलाई ट्र्यापमा पार्नेहरूलाई छोड्दिनँ : मन्त्री चौधरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्