महेश बस्नेतद्वारा महान्यायाधिवक्ता खातीको राजीनामा माग
काठमाडौँ । एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्मबहादुर खातीको राजीनामा माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै बस्नेतले सरकारको सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।
‘यस्ता विवादित,फटहा,ठग र अपराधिक व्यक्तिलाई कुनै हालमा राख्नु हुदैन् र तत्काल प्रधानमन्त्रीले खम्मबहादुर खातीलाई तत्काल बर्खास्त गर्न आग्रह गर्दछु । ’
बस्नेतले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, कुमारी बैंकको घोटाला काण्डमा मुछिएका व्यक्तिलाई छुटाउन मुद्दा कमजोर पार्ने प्रयास, भक्तपुरको चाँगुनारायण इन्जिनियरिङ कलेजमा भएका भ्रष्टाचारका आरोपीको मुद्दा कमजोर पार्न लागेको, बालुवाटार जग्गा काण्डमा मुछिएका व्यक्तिलाई महान्यायाधिवक्ता खातीले मुद्दा कमजोर पार्ने काममा लागेको आरोप लगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #खम्मबहादुर खातीको राजीनामा माग गर्दै महेश बस्नेत, #महेश बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्