महेश बस्नेतद्वारा महान्यायाधिवक्ता खातीको राजीनामा माग

काठमाडौँ । एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्मबहादुर खातीको राजीनामा माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै बस्नेतले सरकारको सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।
‘यस्ता विवादित,फटहा,ठग र अपराधिक व्यक्तिलाई कुनै हालमा राख्नु हुदैन् र तत्काल प्रधानमन्त्रीले खम्मबहादुर खातीलाई तत्काल बर्खास्त गर्न आग्रह गर्दछु । ’
बस्नेतले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, कुमारी बैंकको घोटाला काण्डमा मुछिएका व्यक्तिलाई छुटाउन मुद्दा कमजोर पार्ने प्रयास, भक्तपुरको चाँगुनारायण इन्जिनियरिङ कलेजमा भएका भ्रष्टाचारका आरोपीको मुद्दा कमजोर पार्न लागेको, बालुवाटार जग्गा काण्डमा मुछिएका व्यक्तिलाई महान्यायाधिवक्ता खातीले मुद्दा कमजोर पार्ने काममा लागेको आरोप लगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #खम्मबहादुर खातीको राजीनामा माग गर्दै महेश बस्नेत, #महेश बस्नेत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्