पर्साबाट १४३ किलो गाँजा बरामदन
वीरगञ्ज । पर्साबाट सशस्त्र प्रहरीले १४३ किलो गाँजा बरामद गरेको छ ।
बहुअरी चोकमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालबाहक ट्रकबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
मंगलबार राति ११ बजे ड्राइपोर्ट–परवानीपुर सडकखण्ड अन्र्तगत वीरगञ्ज महानगरपालिका–२४ बहुअरीबाट गाँजा बरामदभएको हो ।
पवनपुत्र पेट्रोल पम्पदेखि १५० मिटर उत्तरतिर विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वाटर पर्साबाट खटिएको ७ जनाको गाडी मोबाइल टोलीले गाँजा बरामद गर्न सफल भएको थियो ।
खान तलासीको क्रममा सवारी चालक क्याविनमाथिको हुटमा बाकसमाथि सामान राख्ने खण्ड बनाएर लुकाएर भारततर्फ लैजान लागेको १० प्याकेट अर्थात १४३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : #१४३ किलो गाँजा बरामदन, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्