Techie IT
बुधबार, मंसीर ३,२०८३

वरिष्ठ छायाँकार पाण्डेको निधन


काठमाडौं । नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको ५४ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
पारिवारीक श्रोतका अनुसार पाण्डेलाई सीतापाइला स्थिती आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पु¥याइएको थियो । उनलाई अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।
‘कागबेनी’ लगायत केही फिल्म छायांकन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन्। पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #वरिष्ठ छायाँकार पाण्डेको निधन


तपाईको कमेन्ट लेख्नुहोस्