महानगरले नर्भिक अस्पतालको टहरा तत्काल नभत्काउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले नर्भिक इन्टरनेसनल अस्पतालका टहरा तत्काल नभत्काउने भएको छ । सोमबार दिएको २४ घण्टे अल्टिमेटम सकिनै लाग्दा नर्भिक अस्पताल पुगेका मेयर साहले अस्पताल व्यवस्थापनलाई संरचना स्थानान्तरणका लागि आवश्यक समय दिने भन्दै फर्किएका हुन्।
इन्जिनियरहरूले त्यहाँ भएका सामग्री अन्यत्र जडान गर्न र सार्न लाग्ने समयबारे प्रतिवेदन बुझाउने र सोही आधारमा अर्को कदम चालिने सहमति भएको छ ।
महानगरअन्तर्गतको सहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना खाली गर्नका लागि २४ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो ।
‘तपाईंहरुले मन्त्रिपरिषद्बाट स्वीकृती लिएर नक्सा पास गरी संरचना बनाउनुभयो भने हाम्रो टाउको दुखाइ हुँदैन’, मेयर साहले भने, ‘होइन भने कति समय आवश्यक हुन्छ प्राविधिकसँग बसेर यो स्थानान्तरणका लागि समय पाउनुहुन्छ।’
नर्भिकले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको भनाइ छ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #नर्भिक इन्टरनेसनल अस्पताल, #महानगरले नर्भिक अस्पतालको टहरा तत्काल नभत्काउने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्