सिन्धुपाल्चोक साँगाचोकगढीभित्र पहिरो
सिन्धुपाल्चोक । अविरल वर्षासँगै सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएको छ । गएराति अविरल वर्षासँगै आएको पहिरोले चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३, जंगलछापमा दुई घर पुरिएको छ भने १८ घर उच्च जोखिममा रहेको छ ।
बस्तीमाथिबाट पहिरो जाँदा वडा न १२ लप्सेमा विष्णुराज गिरीको घर पुरिनका साथै ८ वटा बाख्रा बोको पुरिएको प्रहरीले जनाएको छ । वडा न ९ को जल्कीने भैँसे सडक खण्ड पूर्ण रूपले अवरुद्ध भएको छ भने बन्देउ चौतारा सडक खण्डको ५० भन्दा बढी ठाउँमा साना र ठूलो पहिरो गएको छ । पहिरो गएर बाटो अवरुद्ध भएपछि बिहानदेखि सवारी आवागमन पनि अवरुद्ध भएको छ । वडा न १० कै जल्किनेदेखि हर्रे डाँडासम्मका सडक दायाँबायाँका करिब २० घर पहिरोको उच्च जोखिममा परेको छ भने ठाउँ ठाउँमा सडक भासिएको छ ।
वडा न ९ र १० को सिमाना छुट्याउने अधेरी खोला बस्ती भित्र पस्दा रमाइलो डाँडाको ३ घर उच्च जोखिममा परेको छ । वडा न १३ को धेरै ठाउँहरूमा पहिरो जाँदा झण्डै ३० घर जोखिममा परेको वडा अध्यक्ष रामप्रसाद गौतमले जानकारी दिनुभयो ।
नगरको विभिन्न ठाउँमा पहिरो गएपछि बिहानैदेखि प्रहरी र स्थानीय उद्धार तथा राहतमा जुटेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले पहिरो गएको प्रत्येक बस्तीमा पुगेर अनुगमन गर्नुका साथै तत्काल पहिरो रोकथाम र राहतका लागि प्रतिबद्धता जाहेर गर्नु भयो । मानवीय क्षति नभएको र थप क्षति नहोस् भनेर नगरले पहिरो नियन्त्रणका लागि तत्काल प्रतिकार्य गर्न पहिरो गएको स्थानमा तारजाली पठाइएको जानकारी दिनुभयो । विभिन्न ठाउँमा पहिरो गए पनि कुनै मानवीय क्षति भने नभएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सिन्धुपाल्चोक साँगाचोकगढीभित्र पहिरो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्