एमालेलाई गठबन्धनको आवश्यकता छैन: प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आगामी मंसिर ४ गते हुने प्रचिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेलाई कुनै गठबन्धनको आवश्यकता नरहेको बताएका छन् ।
मुलुकमा नेकपा एमाले सबैभन्दा बलियो पार्टीका रूपमा रहेको जिकिर गर्दै उनले गठबन्धनको नाममा कुनै वैशाखी आवश्यक नरहेको बताएका हुन् । ‘कमजोर शक्तिले मात्रै गठबन्धन गर्ने हो । गठबन्धन सामर्थ्यको प्रतीक होइन । बलियोलाई वैशाखीको आवश्यकता पर्दैन,’ दल दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै नेता ज्ञवालीले भने ।
सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरी अघि बढ्ने निर्णय गरेका थिए । सोही निर्णयप्रति व्यङ्ग्य गर्दै एमाले उप–महासचिव ज्ञवालीले सो कुरा बताएका हुन् ।
एमालेले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका निम्ति आज मंगलबार दल दर्ता गरेको छ । निर्वाचन आयोगमा पुगेर एमालेले १०औं नम्बरमा दल दर्ता गराएको हो ।
अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र लिएर महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेता कृष्णगोपाल श्रेष्ठलगायत दल दर्ताका निम्ति निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #प्रदीप ज्ञवाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्