आज २८ औँ विश्व आदिवासी जनजाति दिवस, विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाइँदै
काठमाडौँ । नेपाल सहित विश्वका आदिवासी जनजातिहरूले आज २८ औँ विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाएका छन् ।
“पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशिताको लागि जनजाति आन्दोलन, जाति, भाषा, धर्म र संस्कृति संरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण” भन्ने नाराका साथ यो दिवस मनाएकाे नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।
दिवसकै अवसरमा आज बिहान ११ बजे भृकुटीमण्डपबाट र्याली प्रदर्शन गर्दै मूल समारोहको रुपमा महासङ्घले अहिले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भव्य कार्यक्रम गरिरहेको छ ।
दिवसको अवसर पारेर हिजो काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नु हुँदै प्रधानमन्त्री शेर बहादुर देउवाले संविधानमा उल्लेख भएअनुसारका हक, अधिकार र सुविधा दिलाउने कार्यमा सरकार सदैव क्रियाशील रहेको बताउनुभएको थियाे ।
विश्व आदिवासी दिवसलाई आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि सङ्घर्ष जारी राख्ने र सशक्त दबाब सिर्जना गर्ने अभियानको रुपमा मनाउन लागेको आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्याल्जे लामा शेर्पाले बताउनुभयो ।
आदिवासीको सांस्कृतिक झाँकी, बाजागाजा र परम्परागत हातहतियारहरू साङ्केतिक रुपमा प्रदर्शनसहित देशैभर समान प्रतिनिधित्व सहितको राज्य निर्माणका लागि समानुपातिक समावेशी संरक्षण तथा आरक्षण बचाऔँ आन्दोलनको रुपमा मनाइने शेर्पाले बताउनुभयो ।
यसका साथै दिवसको अवसर पारेर महासङ्घका सम्बन्धन प्राप्त संस्था र आदिवासीका ७ वटा संस्थाहरूको अगुवाइमा विभिन्न कार्यक्रम गरिएको छ । विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगष्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउँदै आएको छन् । आदिवासी समुदायको विषय उठान भएको २७ वर्ष पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज २८ औँ विश्व आदिवासी जनजाति दिवस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्