Techie IT
आईतबार, वैशाख २८,२०८२

काभ्रे र कैलालीमा दुई जना मृत अवस्थामा फेला


काठमाडौं । काभ्रे र कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेको रोशी गाउँपालिका–८ गिम्दीवेशीस्थित रोशी खोलामा एक जना मृत अवस्थामा फेला परेका छन् । नमोबुद्ध नगरपालिका– ५ बस्ने ९० वर्षीय कर्म ध्वज लामा आइतबार उक्त खोलामा मृत अवस्थामा फेला परेका छन् ।
गत मंगलबारदेखि हराइरहेका उनको खोजी गर्ने क्रममा उक्त खोलाको बीच भागको ढुङ्गामा अड्किरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, कैलालीको भजनी नगरपालिका– ५ लालबोझीघाटस्थित कान्द्रा नदी नजिकै खुला चौरमा सोही नगरपालिका– १ गोदाम टोल बस्ने ५० वर्षीय बिपदराम चौधरी मृत अवस्थामा फेला परेका छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #काभ्रे र कैलालीमा दुई जना मृत अवस्थामा फेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:15 am6:44 pm +0545