‘मिटरब्याजी’ आरोपी सञ्जय रौनियार पक्राउ

सर्लाही । चर्को व्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोप लागेका सञ्जय साह रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।
केही दिनअघि महोत्तरीको बर्दिबासबाट पक्राउ परेका ५२ वर्षीय रौनियारलाई त्यहाँबाट जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याइएको हो । ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगर निवासी रौनियारविरुद्ध ठगी आरोपमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।रौनियारले मिटरब्याजमा ऋण लगानी गरेर सयौँ सर्वसाधारणलाई बिल्लीबाठ बनाएको गुनासो वर्षौँ अघिदेखि आइरहेको थियो ।
सो गुनासोसहित प्रहरीमा उजुरी नै परेपछि लामो समयसम्म भारतमा लुकिछिपी बस्दै आएका रौनियारलाई प्रहरीले यो पटक भने पक्राउ गर्न सफल भएको हो । आइतबार आज सर्लाही जिल्ला अदालतबाट ६ दिन म्याद लिएर रौनियारमाथिको अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका निमित्त प्रमुख डिएसपी विजय यादवले बताए । पछिल्लो समय मधेशका जिल्लामा घर व्यवहार धान्न मिटरब्याजमा ऋण लिने विपन्न वर्गका मानिसहरू ऋण बुझाउन नसक्दा बिल्लीबाठ हुने क्रम बढेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #‘मिटरब्याजी’ आरोपी रौनियार पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्