खेलाडीहरुलाई पेन्सन दिनुपर्छ : सांसद गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।
सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीलाई शिक्षक र कर्मचारीहरुलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी छन् ।
‘हामीसँग युवा तथा खेलकुद मन्त्रालय छ ।राष्ट्रिय खेलकुद परिषद छ । नीति, कार्यक्रमहरु पनि बनेका छन । यही आर्थिक वर्षको बजेटले खेलकुद विकासको २० वर्षे गुरुयोजना तयार पारी कार्यान्वयन गर्ने कुरा पनि गरेको छ । एक स्थानीय तहमा एक खेल ग्रामको कुरा पनि आउन थालेको छ । तथापि युवा तथा खेलकुद मन्त्रालयको २ अर्व ४६ करोडको बजेट अत्यन्तै थोरै हो भन्ने मलाई लाग्छ ।’
खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि समेत हुने तथा नागरिकहरु पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने र युवाहरुलाई सही बाटोमा ल्याउन पनि खेलकुद क्षेत्रमा उनीहरुको सहभागिता गराउनका लािग सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिईन ।
‘विज्ञान र प्रविधिले आश्चर्यजनक ढंगले विकास गरिरहेको छ । कम्प्युटर, इन्टरनेट तथा मोबाइलको प्रयोग बढिरहेको छ । यी साधनहरु युवा अत्यन्तै नजिकका साथी बनिरहेका छन । तर यी साधनहरुको प्रयोगले हाम्रो देशका युवाहरुको हिस्सा बर्बाद पनि हुँदै गइरहेको छ । यसबाट मुक्त गर्न युवाहरुलाई खेल क्षेत्रतर्फ आकर्षित गर्ने नीति हुनुपर्दछ,। ’
खेलकुदले मुलुकको विकास र समृद्धिको क्षेत्रम ठुलो भुमिका निर्वाह गर्ने भएकाले त्यही अनुसार सरकारले नीति, कार्यक्रम र बजेट ल्याउनु पर्ने संसद गुरुङको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #खेलाडीहरुलाई पेन्सन दिनुपर्छ : सांसद गुरुङ, #दुर्गाकुमारी गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्