Techie IT
बुधबार, मंसीर ३,२०८३

राष्ट्रियसभाका उपाध्यक्ष संवैधानिक परिषदको सदस्य हुने व्यवस्था हुनुपर्छ : गंगाकुमारी बेल्बासे


 

काठमाडौं । नेकपा माओवादी केन्द्रकी राष्ट्रियसभा सदस्य गंगाकुमारी बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्ष पनि संवैधानिक परिषदको सदस्य हुने व्यवस्था गर्न माग गरेकी छिन् ।
राष्ट्रियसभा बैठकमा बोल्दै उनले राष्ट्रियसभाका उपाध्यक्ष सदस्य रहने गरी संवैधानिक परिषद् ७ सदस्यीय बनाउन आग्रह गरेकी हुन् ।

‘संवैधानिक परिषदमा संविधान संशोधन गरेर भएपनि सात सदस्य हुने व्यवस्था गर्न म माग गर्दछु । प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षको नेता, उपसभामुख रहने व्यवस्था छ । यसमा राष्ट्रिय सभाको उपाध्यक्ष राखेर सात जनाको व्यवस्था गरियोस् ।’
संवैधानिक परिषद् सम्बन्धी विधेयक छलफलमा रहेकाले, यही मौकामा संवैधानिक परिषद् ७ सदस्यी बनाउनतिर सबै एक ठाउँमा उभिन उनीले आग्रह गरिन ।


क्याटेगोरी : समाचार
ट्याग : #गंगाकुमारी बेल्बासे


तपाईको कमेन्ट लेख्नुहोस्