लक्ष्मण चापागाईँको नयाँ लोक दोहोरी गीत ’चिल गाडी सार्वजनिक

वैदेशिक रोजगारीमा हिँडेको युवकले आफ्नि श्रीमतीसँग गरेका सम्वाद र साटेका अनुभूतिलाई ’चिल गाडी’ गीतले समेटेको छ । गायक लक्ष्मण चापागाईँले नयाँ लोक दोहोरी गीत ’चिल गाडी’ सार्वजनिक गरेका छन् । हुर्केका छोराछोरीको लालनपालनको जोहो र बढ्दो ऋणबाट मुक्तिका लागि विदेश हिँड्न ठिक्क परेको युवाको कथा गीतमा छ । हवाईजहाज चढेर विदेश हिँड्ने तयारीमा रहेको नेपाली युवकको अनिश्यचलाई ’चिल गाडी’ को विम्बबाट सजीव रुपमा उतारिएको छ ।
रत्यौली मूलतः बिहेका दिन बेहुली लिएर जन्ती नफर्किउन्जेल बेहुलाको घरमा महिलाहरूले मनोरञ्जनका लागि गाउने गीतिभाका हो । आफ्नै शब्द तथा संगीत रहेको रत्यौली भाकाको यो गीतमा चापागाईँलाई स्वरमा विमला गैरेले साथ दिएकी छन्। सजिना लामिछाने, रुपक लुइटेल, रबिना भण्डारी, मनिसा ढकाल र बालकलाकार पलपल चापागाईँको अभिनय रहेको गीतको भिडियोको निर्देशन शिभन पोखरेलले गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #चिल गाडी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्