म सफल मन्त्री हुँ : रामकुमारी झाँक्री
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफूले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सफलतापूर्वक काम गरेको दाबी गरेकी छिन् ।
सोमबार काठमाण्डौमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको भेटघाट कार्यक्रममा झाँक्रीले आफू मन्त्री हुँदाको वार्षिक प्रगति विवरण अरु मन्त्रालयको भन्दा धेरै राम्रो रहेको दाबी गरेकी हुन् । मन्त्री झाँक्रीकै शब्दमा उनी उत्कृष्ट काम गर्न सफल भएकी छिन् । वार्षिक प्रगति विवरणका आधारमा सबै मन्त्रीहरुबीचको तुलनामा आफू पहिलो नम्बरमा परेको उनको भनाई छ । ७० दशमलब १ प्रतिशत राम्रो काम गरेको र यो अरु मन्त्रालयकोभन्दा धेरै भएको झाँक्रीले बताइन् ।
आफ्नो कार्यकालको वार्षिक प्रगति विवरणमा राम्रो र उत्कृष्ट काम गर्न सफल भएको छु । वार्षिक प्रगति विवरणमा नम्बर एकमा पर्न सफल भएको थिएँ ।)
उपभोक्ता समितिबाट हुने विकास निर्माणको काम रोक्नुभएको थियो, त्यसलाई पछि सर्वोच्च अदालतले उल्ट्याएको थियो नि भन्ने संचारकर्मीको प्रश्नमा झाँक्रीले कुनै जवाफ दिइनन् ।
यसमा मेरो केही पनि प्रतिक्रिया छैन । अब मलाई केही भन्नु नै छैन यो विषयमा ।)
झाँक्रीले राजनीति र अन्य मन्त्रालयसँग सम्बन्धित कामको चर्चा धेरै हुने भए पनि सहरी विकास मन्त्रालयले गर्ने पूर्वाधार विकासका कामको चर्चा थोरै हुने गरेको बताइन् । फरक प्रसंगमा उनले बजेट जहिले पनि राम्रो छ भन्ने तर कार्यान्वयनको पाटो फितलो हुने गरेकोमा असन्तुष्टी जनाइन् । बजेट राम्रो नभै कार्यान्वयन गर्न सकिने हुनुपर्ने झाँक्रीको तर्क छ । उनले नेपालमा बजेट खर्च गर्ने प्रक्रिया नै गलत भएकाले लक्ष्य हासिल हुन नसकेको आशय व्यक्त गरेकी छिन् ।
क्याटेगोरी : समाचार
ट्याग : #रामकुमारी झाँक्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्