गठबन्धन: सिट बाँडफाँड कार्यदलको पहिलो बैठक बस्दै
काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले आगामी निर्वाचनको लागि सिट बाँडफाँडको लागि गठन गरेको कार्यदलको बैठक बस्दै छ । प्रतिनिधि र प्रदेश सभाको आगामी मंसिर ४ हुने निर्वाचनको लागि सिट बाँडफाँट गर्न उक्त कार्यदलको पहिलो बैठक बस्न लागेको हो । बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
गठबन्धनको बैठकले साउन २० गतेसिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलमा कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा भने नेकपा (एकीकृत समाजवादी)बाट प्रमेश हमाल र बेदुराम भुसाल रहेका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सत्तारुढ पाँचदलीय गठबन्धन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्