न्यान्सी अराजकतावादी महिला हुन्: डोनाल्ड ट्रम्प
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीमाथि फेरि एक पटक निशाना साँधेका छन् । उनले पेलोसीलाई अराजकतावादी महिलाको रूपमा ब्याख्या गरेर भने, पेलोसीले जस्तोसुकै काम गरेपनि त्यो खराब हुँदै जान्छ ।
डलासमा कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा बोल्दै डोनाल्ड ट्रम्पले भने,‘हामीले विश्वव्यापीताको बन्धनलाई तोड्नुपर्छ फ्याँक्नुपर्छ । पेलोसी ताइवानमा के गर्दै थिइन ? उसले छुने सबै कुरा परिवर्तन हुन्छ, म भन्न चाहन्न… महिलाहरूले अराजकता ल्याउँछन् र अहिले चीनमा के भइरहेको छ, चीन र ताइवानमा के भइरहेको छ ?’
उनकै कारण ताइवान र चीनबीच तनाव बढेको आरोप ट्रम्पले न्यान्सीमाथि लगाएका छन् । चीनको विरोधका बाबजुद न्यान्सी पेलोसी ताइवानको यात्रा गरिन् । यसपछि आक्रोशित चीनले ताइवानलाई चारैतिरबाट घेरेर सैन्य अभ्यास सुरु गरेको थियो । चीनले ताइवानमाथि कम्तीमा ११ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ, जुन आफ्नो हवाई क्षेत्र हुँदै दक्षिण चीन सागरमा खसेको छ ।
ट्रम्पले यसअघि नै न्यान्सी पेलोसीलाई पनि उनको ताइवान भ्रमण पागलपन भन्दै निशाना बनाएका थिए । ट्रम्पले आफ्नो सोसल मिडिया साइट ट्रुथ सोसलमा भने, ‘यो पागल न्यान्सी पेलोसी ताइवानमा के गरिरहेकी छिन् ? उनले सधैं कठिनाइहरू सिर्जना गर्दछ । राम्ररी केही गर्न सकिनन् । उनीबाट महाभियोग लगाउने दुई पटक प्रयास पनि सफल भएन।
न्यान्सी पेलोसी राष्ट्रपति हुँदा, डोनाल्ड ट्रम्प विरुद्ध दुई पटक महाभियोग प्रस्ताव पेश गरियो, तर दुवै प्रयास असफल साबित भयो। न्यान्सी पेलोसीलाई ट्रम्पको सबैभन्दा कटु आलोचक मानिन्छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #डोनाल्ड ट्रम्प, #न्यान्सी अराजकतावादी महिला हुन्: डोनाल्ड ट्रम्प
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्