‘पर्यटन’ नेपालको समृद्धिको महत्वपूर्ण आधार : पर्यटन मन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ‘पर्यटन’ नेपालको समृद्धिको महत्वपूर्ण आधार रहेको बताएका छन् । उनले पर्यटन उद्योगले देशको विकास र अर्थतन्त्रलाई बलियो बनाउने जिकिर गरे ।
काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीचको सहकार्यको साझेदारीपत्रको हस्ताक्षर कार्यक्रममा बोल्दै उनले पर्यटन व्यवसाय पूर्ण रुपमा सञ्चालन हुने गरी आवश्यक वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् ।
“नेपालको समृद्धिको आधारहरुमध्ये पर्यटन क्षेत्र महत्वपूर्ण आधार हो । पर्यटन उद्योगलाई विकास र देशको अर्थतन्त्रलाई बलियो बनाउनु पर्छ । पर्यटन क्षेत्रमा आवद्ध संघ, संगठन तथा यस क्षेत्रका विज्ञले पर्यटन व्यवसाय पूर्ण रुपमा सञ्चालन हुने गरी आवश्यक वातावरण बनाउनु पर्ने कुरामा जोड दिएका छन् ।”
मन्त्री श्रेष्ठले कोभिड महामारीले खुम्चिएको हाम्रो समाज र अर्थतन्त्रलाई सुरक्षा मापडण्ड अपनाई पर्यटन व्यवसायलाई चलायमान बनाउनुपर्ने बताए । सरकारले नेपाललाई संसारका पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको उनको तर्क छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जीवनराम श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्