Techie IT
बुधबार, मंसीर ३,२०८३

भीरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार


सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ सिमखेतस्थित भीरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

जिल्लाको हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ शेर्पा गोरेटो बाटो हिड्ने क्रममा चिप्लिएर बाटोबाट करीब ५० मिटर तल मेलम्ची खोला माथिको भीरमा अड्किएका थिए ।

घटनाबारे जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेश मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको संयुक्त टोलीले हिजो शनिबार शेर्पाको उद्धार गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #भीरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार


तपाईको कमेन्ट लेख्नुहोस्