आइतबार नेप्से १०.२७ अंकले बढ्याे, कारोबार रकम भने घट्यो
नेप्से परिसूचक १०।२७ अंकले बढेको छ। घटेर कारोबार सुरू भएपनि १ बजेदेखि बढ्न थालेको नेप्से दोहोरो अंकले बढेर बन्द भएको हो ।सेयर बजार ०।४९ प्रतिशतले बढेपछि नेप्से परिसूचक २१ सय २३ अंकमा पुगेको छ । यसक्रममा आज ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच भइ २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँको किनबेच भएको छ । नेप्से १० अंकले बढ्दा आज जीवन बीमा समूहबाहेक सबै समूह बढेका छन् । यो समूहमा भने आज ४।५५ अंकको गिरावट आएको छ ।
आज होटल र टुरिजम समूहमा ६० अंकको वृद्धि आएको छ । यस्तै, विकास बैंक समूह ५२ अंकले बढ्दा व्यापार समूह ३८ अंकले बढेको छ । यसैगरी, वित्त समूह ३३ अंकले बढ्दा जलविद्युत २६ अंकले बढेको छ भने लघुवित्त समूहमा २७ अंक बढेको छ । यस्तै, अन्य समूह २२ अंक बढेको छ ।
आज नेप्से १० अंकले बढ्दा तीन वटा कम्पनीको सेयर मूल्यमा भारी वृद्धि भएको छ। जसमध्ये एउटा कम्पनीमा १० प्रतिशतको र २ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको हो ।
यस्तै, ९ प्रतिशतभन्दा बढीले बढेको तेह्रथुम पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँ बढेर ५३३ रुपैयाँ पुगेको छ। यसका साथै, ९ प्रतिशतले नै बढेको उपकार लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ बढ्दै ३ हजार ७६४ रुपैयाँ पुगेको छ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेप्से
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्