Techie IT
मंगलबार, वैशाख २३,२०८२

ठुलो परिणाममा लागुऔषध गाँजा बरामद


सुनसरी । मोरङको जहदा गाउँपालिका–३ ठुलो हातिबन्दाबाट प्रहरीले ठुलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा शनिवार बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय भुसाराम राजवंशीको घर पछाडि रहेको कटेरोमा प्लाष्टिकमा प्याक गरी बोरामा हाली लुकाइछिपाई राखिएको ३८ किलो गाँजा बरामद गरेको हो ।

राजवंशीको घरबाट गाँजा बरामद भएता पनि राजवंशी फेला नपरेको तथा उनको खोजतलास भइरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : विशेष, समाचार
ट्याग : #ठुलो परिणाममा लागुऔषध गाँजा बरामद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:18 am6:41 pm +0545