Techie IT
मंगलबार, मंसीर २,२०८३

 मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु


सुनसरी ।  मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–८ बाल गोपालमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

शनिवार राती ९ः०० बजे स्थानीय ३० बर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए ।

करेन्ट लागि गम्भीर घाइते मुखियालाई उपचारको लागि कोसी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #करेन्ट लागेर एक जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्