ताइवानमुद्धा : चीनको पक्षमा खुलेर लाग्यो इरान

ताइवानलाई लिएर अमेरिका र चीनबीच जारी तनावका बीच इरानले चीनको ‘एक चीन’ नीतिलाई खुलेर समर्थन गरेको छ ।
इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुलहायनले पूर्वी एसियामा भइरहेको गतिविधिको सन्दर्भमा चीनसँग अमेरिकाले गरेको व्यवहारको निन्दा गरेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँग टेलिफोन वार्ताका क्रममा उनले इरानले चीनको ‘एक चीन’ नीतिलाई कानुनी दायित्वका रूपमा पालना गरेकोमा जोड दिए।
साथै, चीनले देशको भौगोलिक अखण्डताका सम्बन्धमा इरानको अडानको प्रशंसा गर्दै विश्व समुदायको ठूलो हिस्साले चीनको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको विरोध गर्नुपर्नेमा जोड दिएको छ ।
चिनियाँ विदेशमन्त्रीले दुई देशको हितअनुसार द्विपक्षीय सम्बन्ध विकास गर्ने कुरामा जोड दिए । साथै, यसले अन्तर्राष्ट्रिय क्षेत्रमा एकपक्षीयतालाई अस्वीकार गर्दै विकासशील देशहरूको हितलाई समर्थन गर्ने कुरामा जोड दिएको छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #ताइवानमुद्धा : चीनको पक्षमा खुलेर लाग्यो इरान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्