विधानसभाका लागि सबै नौ रिक्त स्थानबाट आँफै लड्ने इमरान खानको घोषणा
पाकिस्तान तेहरिक–आई–इन्साफ (पीटीआई) प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले विधानसभा सीटका लागि हुने उपचुनावमा शनिबार सबै नौ स्थानबाट आँफै लड्ने घोषणा गर्नुभएको छ ।
पाकिस्तानको निर्वाचन आयोगले शुक्रबार उपचुनावको तालिका जारी गरेपछि सर्वप्रथम पीटीआईको आधिकारिक ट्वीटर अकाउन्टबाट उक्त जानकारी आएको थियो र पछि पार्टीका वरिष्ठ उपाध्यक्ष फवाड चौधरीले पत्रकार सम्मेलनमा उक्त सन्दर्भलाई पुष्टि गर्नुभएको थियो ।
एआरवाई न्यूजका अनुसार पत्रकारहरूसँगको भेटमा इमरान खानले भन्नुभयो, “यो वर्ष चुनाव हुन्छ, सरकारी दलहरु आँफुलाई एक्लाउन चाहन्छन्, तर हरेक मञ्चमा शासकहरूविरुद्ध सङ्घर्ष गर्न म तयार हुनेछु ।”
उहाँले भन्नुभयो, “मलाई अयोग्य बनाउने सरकारी गठबन्धनको योजना कहिल्यै पूरा हुने छैन ।”
विश्वप्रसिद्ध क्रिकेटरसमेत रहेका पूर्व प्रधानमन्त्री खानले सिकन्दर सुल्तान राजालाई पाकिस्तानको निर्वाचन आयुक्त (ईसिपी) को रूपमा नियुक्त गर्नु ठूलो भूल भएको बताउनुभयो ।
भूतपूर्व प्रधानमन्त्रीले दुई विदेशी देशहरूले विगतमा आफूलाई आर्थिक सहयोग दिने प्रस्ताव राखेको बताउँदै आफुले त्यसो गर्न इन्कार गरेको बताउनुभयो ।
“लोकप्रिय समर्थन भएका नेताहरूलाई निर्मूल पार्न सकिँदैन,” उहाँले आफुप्रति पाकिस्तानी नागरिकको अथाह समर्थन रहेको दावी गर्नुभयो ।
पूर्वप्रधानमन्त्री खानले नौवटै सिटमा उपचुनाव लड्ने घोषणाले धेरैलाई झस्काएको छ । केही टिप्पणीकारहरूले पीटीआई अध्यक्षले अन्य कुनै उपयुक्त उम्मेदवार भेट्टाउन सकेनन् कि भनी प्रश्न उठाएका छन् ।
प्रभात पत्रिकाका अनुसार पाकिस्तानका स्वतन्त्र तथा निष्पक्ष निर्वाचन सञ्जाल (फाफेन) का प्रतिनिधि मुदसीर रिज्वीले सिट खाली भएपछि निश्चित समयसीमाभित्र उपनिर्वाचन को व्यवस्था गरिएको र यो प्रावधानको संविधानले व्यवस्था गरेको बताउनुभयो ।उहाँले भन्नुभयो, “उम्मेदवारलाई धेरै सिटमा प्रतिस्पर्धा गर्न दिने तर एक मात्र कायम राख्ने व्यवस्था गरिएको छ ।”
इमरान खान पाकिस्तानको प्रधानमन्त्री रहेका समय विपक्षीहरूको आन्दोलनलाई साथ दिँदै पाकिस्तान तेहरिक–इ–इन्सानका राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नौ सदस्यले सामुहिक राजिनामा दिएका र पाकिस्तानका तत्कालिन उपसभामुख कासिम सुरीले उनीहरूको राजिनामा स्वीकृत गरेपछि उक्त सीट खालि हुन आएका थिए ।
निर्वाचन आयोगले सेप्टेम्बर २५ राष्ट्रिय सभाका नौ वटा नै सीटमा उप–चुनाव हुने घोषणा शुक्रबार गरेको थियोे ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #इमरान खान, #विधानसभाका लागि सबै नौ रिक्त स्थानबाट आँफै लड्ने इमरान खानको घोषणा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्