जबराविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावमाथि भोलि छलफल हुने
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ ।
आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग प्रस्तावबारे छलफल हुने कार्यसूची रहेको छ ।
संघीय संसद् सचिवालयले प्रकाशन गरेको दैनिक कार्यसूचीको सम्भावित कार्यक्रम अन्तर्गत चौथो बुँदामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने कार्यक्रम राखिएको छ ।
आइतबारका लागि राखिएको सम्भावित कार्यसूचीको बुँदा नम्बर ४ मा मिति २०७८ फागुन २९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।
२०७८ साल फागुन १ गते माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस तत्कालीन सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमा तत्कालीन कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गर्नुभएको थियो ।
विभिन्न २१ वटा बुँदामा महाअभियोग लगाउनुका आधार र कारण खुलाएर संसदमा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा पर्नुभएको थियो ।
त्यसपछि प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले महाभियोग सिफारिस समिति गठन गरे पनि त्यसयता महाभियोगको प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको छैन ।

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #चोलेन्द्रशम्शेर जबरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्