७ लाख ठगी गरेको अभियोगमा बाह्रबिसेका शेर्पा पक्राउ
काठमाडौँ । क्यानडा पठाइदिन्छु भन्दै रु ७ लाख ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसेका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई आज प्रहरीले पक्राउ गरेको छ ।
क्यानडामा दुई लाख बढी तलब हुन्छ भनी प्रलोभनमा पारेर एक व्यक्तिको रु ७ लाख लिई सम्पर्कविहीन भएको भन्ने जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खोजतलासमा खटिएको टोलीले गोकर्णेश्वरको अत्तरखेलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ ।
यसैबीच भारतबाट भन्सार छलि ल्याएको विभिन्न कम्पनीको मोबाइलसहित काठमाडौँ गौशाला बस्ने भारतको पञ्जावस्थित जालन्धर घर भएका ३५ वर्षीय सन्दीप अहुजालाई आज प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट गौशालास्थित होटेल कल्चर इनको कोठा नम्बर २०३ मा भन्सार छलेर ल्याइएको १२ थान मोबाइल बरामद गरिएको छ । त्यसैगरी बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने बागलुङका ४६ वर्षीय जायश्वर घिमिरेलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको गत असार २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा चार दिन कैद र रु १४ लाख जरिवानाको सजाय ठहर गरेको थियो । त्यसपछि फरार रहेका उनलाई केन्द्रिय अनुस्न्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले लैनचौरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #७ लाख ठगी गरेको अभियोगमा बाह्रबिसेका शेर्पा पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्