Techie IT
मंगलबार, वैशाख २३,२०८२

अमेरिकी सभामुख पेलोसीमाथि चीनले लगायो प्रतिबन्ध


बेइजिङ । चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरू मध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएको बताएको छ ।

यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने, एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई खतरामा पार्ने  पनि मन्त्रालयले जनाएको छ ।  रासस/एएनआई


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking, #अमेरिकी सभामुख पेलोसीमाथि चीनले लगायो प्रतिबन्ध, #न्यान्सी पेलोसी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:18 am6:41 pm +0545