Techie IT
आईतबार, वैशाख २८,२०८२

नेकपाका नेता केसीको हत्या आरोपमा एक जना पक्राउ


सल्यान । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान खत्री केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो । मृतक केसीका परिवारले दिएको किटानी जाहेरीका आधारमा खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहीबार बिहान बागचौर नगरपालिका–१० मोख्लाको शिव गुफा सामुदायिक वननजिकै लोकमान मृत भेटिएका थिए ।

टोपबहादुरलाई उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।

जिल्ला अदालतबाट ५ दिनको म्याद लिई टोपबहादुर विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृत भेटिएका लोकमान नेकपा विशेष कमिटी सदस्य थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #नेकपाका नेता केसीको हत्या आरोपमा एक जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:15 am6:44 pm +0545