सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले मंसिर ४ गते हुने आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको श्रोतले जनाएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यसैगरी, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्