Techie IT
आईतबार, वैशाख २८,२०८२

तीन नाल भएको भरुवा बन्दुक फेला


सुर्खेत । हुम्लाको चंखेलीमा प्रहरीले तीन नाल भएको भरुवा बन्दुक फेला पारेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी टोली गस्तीबाट फर्कँदै गर्दा झोलुंगे पुलको छेउमै लुकाइ राखेको १ नाल लोड र २ नाल खाली गरी जम्मा ३ नाल भरुवा फेला परेको हो ।
चंखेली गाउँपालिकाको वडा नम्बर ४ को सरीसल्ला र मेलछाम भन्ने स्थानमा बेवारिसे अवस्थामा बन्दुक फेला पारिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

बन्दुकबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #तीन नाल भएको भरुवा बन्दुक फेला, #भरुवा बन्दुक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:14 am6:45 pm +0545