राष्ट्रिय हितका विषयमा सरकार चुप लागेर बसेको छ: भीम रावल
काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले सरकार राष्ट्रिय हितका विषयमा चुप लागेर बसेको आरोप लगाएका छन् । उनले हिन्दप्रशान्त महासागर क्षेत्रमा शाक्ति राष्ट्रहरुको प्रतिष्पर्धा चलिरहँदा पनि नेपाल सरकार कानमा तेल हालेर बसेको टिप्पणी गरे । रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा बोल्दै रावलले शक्ति राष्ट्रहरुको द्वन्द्वमा नेपाललाई जान नदिने दृढता सरकारमा नभएको तर्क गरे ।
“हाम्रो राष्ट्रिय हित सम्बन्धि कुराहरुमा सरकार केही पनि बोल्दैन् । अहिले हामिले देखिराखेका छौं । हिन्दप्रशान्त महासागर क्षेत्रमा शाक्ति राष्ट्रहरुको निकै प्रतिस्पर्धा भईराखेकोे छ । ताईवानमा अमेरिकी संसदकी सभामुखको भ्रमणपछि त्यहाँ तनाव उत्पन्न भएको छ । नेपालले आजसम्म आफ्नो असंग्लन परराष्ट्र नीति अनुरुप संयूक्त राष्ट्र संघमा त्यहाँको महासभामा पारित प्रतिवेदन अनुसार एक चिन नीति अपनाउँदै आएको छ । त्यहाँ त्यत्रो घटना घटिरहेको छ, सरकार केही पनि बोल्दैन् । नेपालको स्वतन्त्र असंग्लन परराष्ट्र नीति अनुरुप अगाडी बढ्ने शक्ति राष्ट्रहरुको कुनैपनि द्वन्द्वमा नेपाललाई जान नदिने त्यो दृढता यो सरकारमा छैन् ।
नेता रावलले वर्तमान सरकार देश र जनताप्रति संवेदनशील नभएको आरोप समेत लगाए । उनले प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु जसरी पनि निर्वाचन जित्ने र पदमा पुग्ने होडबाजीमा रहेको टिप्पणी गरे । उनले गठबन्धनका गतिबिधीहरुले पदमा पुगेर विदेशीको अगाडी लम्पसार भई देशको स्वाभिमानलाई झुकाउने देखाएको जिकिर गरे ।
“यो सरकार चुनावको घोषणा गर्ने दिन सरकारको लर्को लगाउँछ र नियुक्त गर्छ । यसले के देखाउँछ भने सरकार, जनता र देशप्रति संवेदनशील छैन् । र यसले जसरी पनि यसका गठबन्धनका नेताहरु, स्वयं प्रधानमन्त्री आउने निर्वाचन जसरी पनि जित्ने, फेरी पदमा जाने, फेरी व्यापक रुपमा हाम्रा देशका श्रोत–साधनहरुको राष्ट्रहित विपरीत दोहन गरिएको छ । विदेशीको अगाडी घुँडा टेकेर, लम्पसार भएर हाम्रो स्वाभिमानलाई झुकाईएको छ त्यही बाटोमा हिड्ने, अहिलेका यी गतिबिधीले त्यो नै देखाउँछ ।
रावलले वर्तमान सरकारलाई कुनै लाज–घिन नभएको टिप्पणी गरे । उनले देशको राजधानी नै फोहोरले ठाकिदा पनि सरकारले महानगरको काम भन्दै उम्किएको आरोप लगाए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #भीम रावल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्