आज जापान जादैं प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाँदैछन् । शुक्रबार राती १०ः३० मा प्रचण्ड जापान उड्ने उनका प्रेस संयोजक सुर्य किरण शर्माले बताए ।
नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष दाहाल जापान जान लागेको सचिवालयले जनाएको छ । प्रचण्डसँगै सचिवालयमा रहेका चार जना पनि जापान जान लागेका हुन् । उनी साउन २५ मा स्वदेश फर्किनेछन् ।
प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए । भारतीय जनता पार्टीको निमन्त्रणमा नयाँदिल्ली पुगेका प्रचण्डले राजनीतिक भेटघाट गरेका थिए।
‘प्रचण्ड’का प्रमुख सुरक्षा अधिकृत परिवर्तन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख सुरक्षा अधिकृत परिवर्तन भएका छन् । प्रहरी प्रधान कार्यालयले प्रचण्डको प्रमुख पीएसओ (पर्सनल सेक्युरिटी अफिसर)को जिम्मेवारी डीएसपी सिद्धराज न्यौपानेलाई सुम्पेको हो ।
यसअघि प्रचण्डका पीएसओको रुपमा नरेशराज सुवेदी कार्यरत थिए । सुवेदीको प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि न्यौपानेलाई जिम्मेवारी सुम्पेको हो । न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र, #पुष्पकमल दाहाल प्रचण्ड, #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्