Techie IT
शुक्रबार, असार ६,२०८२

संघ र प्रदेश निर्वाचनका लागि आइतबारदेखि दल दर्ता हुने


काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि आइतबारदेखि दल दर्ता गर्ने भएको छ ।
बिहीबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबारदेखि दल दर्ता गरिने बताए । यस्तै आउँदो हप्ता देखिनै समानुपातिक तर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम अघि बढाउने बताए ।
उनले भने– ‘उम्मेदवारको बन्द सूचीको प्रक्रिया अघि नबढाई प्रत्यक्ष उम्मेदवारीको काम नबढ्ने भएकोले त्यसलाई हामीले छिट्टै सक्नुपर्ने हुन्छ । निर्वाचन कार्यविधि, आचार संहिताका विषयहरु छन् तिनको परिमार्जन, संशोधन अझै व्यवहारिक बनाएर कार्यान्वयन गर्छौँ ।’

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #संघ र प्रदेश निर्वाचनका लागि आइतबारदेखि दल दर्ता हुने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Drizzle
5:07 am7:03 pm +0545