आरजु राणा प्रधानमन्त्री बन्न सक्ने सम्भावना छ : मीनबहादुर विश्वकर्मा
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवम् कांग्रेस नेतृ आरजु राणा प्रधानमन्त्री बन्न नसक्ने नेता भएको बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेतृ आरजु राणाले नयाँदिल्ली पुगेर प्रधानमन्त्री पदको सौदाबाजी गर्ने सहमति गरेको चर्चा चलिरहेका बेला नेता विश्वकर्माले आरजु राणा प्रधानमन्त्री बन्न योग्य रहेको टिप्पणी गरेका हुन् ।
उनले नेपाली राजनीतिमा प्रचण्ड र आरजु दुवै भोलिका दिनमा प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएको उल्लेख गर्दै भने, ‘प्रचण्ड र आरजु दुवै जना कहिल्यै प्रधानमन्त्री बन्न नसक्ने व्यक्ति त होइनन्, तर अहिले यस्तो सहमति भएको छैन् । यो सबै अफवाह हो । कुन दलको प्रतिनिधिसभामा सिट संख्या कति आउँछ, त्यसको मतभारको आधारमा सरकारको नेतृत्वको साझेदारीको कुरा आउँछ ।’
सरकारको नेतृत्वको सवालमा दलहरुबीच अर्को चरणमा छलफल हुने बताउँदै नेता विश्वकर्माले भने, ‘अहिले प्रचण्ड र आरजुबीच सरकारको नेतृत्व गर्ने भन्नेबारे सहमति भयो भन्ने कुरा आयो, यो झुठो हो ।’ स्वास्थ्योपचारका लागि आरजु दिल्लीमा भएकै बेला प्रचण्ड भारत भ्रमणमा गएको र सोही क्रममा आरजुको स्वास्थ्यलाभको कामना गर्न प्रचण्डले भेटवार्ता गरेको उनको दाबी छ ।
‘डा. आरजु उदयीमान नेता हो । प्रधानमन्त्री बन्न नसक्ने भन्ने कुरा हुन्छ र ? तर, अहिले यो विषयमा छलफल र चर्चा नै चलेको थिएन । र, छैन,’ उनले भने ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #मीनबहादुर विश्वकर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्