मङ्सिर ४ गते निर्वाचन गर्न आयोग तयार छ: प्रमुख आयुक्त थपलिया
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि तयार रहेको जनाएको छ ।
आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गमा सम्पन्न गर्न आयोगले आन्तरिक तयारी गरिरहेको र थप काम तत्कालै सुरु गर्ने बताउनुभयो ।
आयोगलाई निर्वाचन गराउन सामान्यतः १२० दिन समय लाग्ने भए पनि सरकारले घोषणा गरेको मितिले १०७ दिनको समयावधि आयोगलाई उपलब्ध र सय अवधिकै कारण आयोगलाई कुनै अप्ठेरो नरहेको बताउनुभयो ।
प्रमुख आयुक्त थपलियाले वर्तमान प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरूको पदावधि आगामी मङ्सिर २१ गतेसम्म कायम रहने गरी सरकारलाई लेखी पठाएको जानकारी गराउनुभयो ।
निर्वाचनमा छुट्टाछुट्टै मतपत्र र छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिने प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता नामावली सङ्कलन कार्य भोलिदेखि स्थगित हुने जानकारी दिनुभयो ।
निर्वाचनका लागि आवश्यक जनशक्ति र बजेट व्यवस्थाका लागि आयोगले यथाशक्य सरकारलाई योजना पठाइने तयारी गरेको प्रवक्ता पौडेलले बताउनुभयो ।
निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोगले सबै पक्षबाट सहयोगका लागि आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दिनेशकुमार थपलिया, #निर्वाचन आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्