श्रममन्त्री कुँवर र जापानका सहायक उपमन्त्री नाकागावाबीच भेटवार्ता
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जापानका सहायक उपमन्त्री चोतुमो नाकागावासँग भेटवार्ता गर्नु भएको छ । बैठक पछि मन्त्रालयमा भएको भेटमा नेपाली भाषा परीक्षा पास भएका र सिप सिकेर बसेका नेपाली कामदारलाई जापान पठाउने प्रक्रियाका विषयमा छलफल भएको छ ।
मन्त्री कुँवरले ५ हजार बढी नेपालीहरू जापान जानको लागि तयारी अवस्थामा रहेका जानकारी गराउनु भएको थियो । उहाँले उपमन्त्री चोतुमोलाई नेपाली कामदारलाई जापान पठाउनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न अनुरोध गर्नु भएको छ । साथै उहाँले दुई देशबीचको समस्यालाई समाधान गरी मित्रवत् सम्बन्ध स्थापित गर्नुपर्ने बताउनु भयो ।
भेटमा उपमन्त्री चोतुमोले आजको गोष्ठी नेपाली कामदार जापान लैजानका लागि सकारात्मक भएको विश्वास व्यक्त गर्नु भएको छ । उहाँले अहिले जापानमा कामदारको माग धेरै भएकाले (एसएसडब्लू) मार्फत ५ हजार बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको र श्रम सम्झौतामा ढिलाइ भएकाले यो सम्झौता चाडों होस् भन्ने आफूले चाहेको बताउनु भएको थियो ।
चोतुमोले नेपाली कामदारलाई जापान लैजान भइरहेका समस्या समाधान गरी रोजगारीको बाटो खुल्ला गर्न आफूले पहल गर्ने बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #शेरबहादुर कुँवर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्