१२ किलो लागुऔषधसहित बझाङमा १ जना पक्राउ
बझाङ । बझाङमा लागुऔषधसहित १ जना पक्राउ परेका छन् । जिल्लाको वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित दार्चुलाका एक युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ बस्ने ४३ वर्षीया विरेन्द्र बहादुर खडायत रहेका छन् । अस्थायी प्रहरी पोष्ट बागथलामा खटिएको नियमित चेकिङ टोलीले बुधबार दिउसो उनलाई पक्राउ गरेको थियो ।
बझाङको सदरमुकाम चैनपुरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १११९ नम्बरको बसमा सवार उनलाई अस्थायी प्रहरी पोष्ट बागथलामा चेक जाँच गर्दा उनको साथबाट १२ किलो लागुऔषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताउनुभयो । प्रहरीले खडायतलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय बझाङको नियन्त्रणमा राखिएको बताएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #१२ किलो लागुऔषधसहित बझाङमा १ जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्