छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं । चितवन, कञ्चनपुर र दाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
चितवनमा बुधबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीया युवतीको मृत्यु भएको छ । राप्ती नगरपालिका– ७ वीरेन्द्र चोकमा ना ६ ख ५९८६ नम्बरको ट्रकले बागमती प्रदेश ०३–००३ प १२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाईते भएकी स्कुटरमा सवार २४ वर्षीया रमिता तामाङको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ ।
यस्तै, कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ५३ वर्षीय गोपाल आचार्यको मृत्यु भएको छ । पुनर्वास नगरपालिका– ११ मा से ६ प २२३० नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना भएको थियो । बुधबारको दुर्घटनामा घाईते भएका सोही नगरपालिका–५ का मोटरसाइकल चालक आचार्यको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, दाङमा ट्याक्टरबाट खसेर १५ वर्षीय सुशान चौधरीको बिहीबार बिहान मृत्यु भएको छ । लमही नगरपालिका– ६ देउपुरस्थित सडकमा लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा लेवर काम गर्ने सोही नगरपालिकाका १५ वर्षीय सुशान चौधरी घाईते भएका थिए । उनलाई उपचारको लागि घोराहीतर्फ लैजाने क्रममा बिहीबार बिहान बाटोमै मृत्यु भएका प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रण लिई घटनाको अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सवारी दुर्घटनामा तीन जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्