हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ बस्ने १९ वर्षीय शुसिल रायको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिपुर्वा नगरपालिका– ३ धनकौल बस्ने १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
साउन १३ गते बेलुकाबाट हराइरहेका रायको सोही ठाउँमा रहेको राष्ट्रिय आधारभुत विद्यालयको शौचालयको सेफ्टी ट्यांकीमा शव फेला परेको थियो । प्रहरीले रायकोे धारिलो हतियार प्रहार गरी हत्या भएको पुष्टि गरेको थियो । घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरु माथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्